काठमाण्डौ असार १२,नारायणगढ-मुग्लिङ सडकखण्डको चारकिलो भन्ने ठाउँको टोपो खोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार आज बिहान ५:२० बजे पहिरो खसेको हो । अहिले पहिरो पन्छाउनका लागि स्काभेटर पठाइएको छ । पहिरो पन्छाउने काम शुरु भए पनि पहिरो ठूलो भएकाले पुर्ण रुपमा पहिरो हटाउन ३ देखी ४ घण्टा लाग्न सक्ने जानकारी ट्राफिक प्रहरी निरीक्षक पन्तले गराए ।
दुई दिनयता पानी परेसँगै सो सडकमा ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको छ जसका कारण यात्रु समयमा गन्तव्यमा पुग्न सकेका छैनन् ।