बुटवल असार ५, प्रदेश ५ सरकारको प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ । सोमबार बसेको बैठकमा कांग्रेस सांसद डिल्ली बहादुर चौधरीले बजेटले प्रदेशको समृद्धि र विकासलाई सम्बोधन नगरेको औलाउदै बिरोध स्वरुप कांग्रेसका सबै सांसदले उभिएर विरोध जनाएका थिए ।
सभामुख पूर्णबहादुर घर्तिले बैठक अगाडि बढाउन सहयोग गर्न पटक-पटक आग्रह गर्दा पनि कांग्रेसका सांसद उभिएरै बिरोधलाई निरनतर्ता दिए । बस्न नमानेपछि सभामुखले सांसदको कारवाही अगाडि बढाउन खोज्दा कांग्रेसका सांसद बैठक नै बहिस्कार गरेर बाहिरिएका थिए ।