images
images

अबका युवा उधमशिलता चाहान्छन : अध्यक्ष शक्तिको जिकिर

नेपाल तरुण दलको केन्द्रीय परिपत्र अनुसार देशै भरी तरुण दल वडामा हुने कार्यक्रम अनुरुप कपिलवस्तु बाणगङगा वडा ८ को प्रशिक्षण कार्यक्रम तरुण दल वडा सभापति कमल खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम मा प्रमुख अतिथिको आशन बाट बोल्दै नेपाल तरुणदलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरीले  देशको जुनसुकै परिवर्तनका लागि  युवाको ठुलो योगदान रहेको र युवाहरुले चाहेमा परिवर्तन सम्भव रहेको छ अब ती युवाहरुलाई जिम्मेवार बनाउदै आयमुलक कार्यतर्फ लाग्नु पर्नेमा जोड दिएका थिए | युवा उधमशिल भै अब  राष्ट्रलाइ  सबृद्द् बन्ने तर्फ लाग्नु पर्ने र त्यसका लागि अब तरुणदल जिम्मेवारिका साथ ती युवालाइ सहयोगका साथ लागि कार्य अगाडि बढाउने बताउनु भयो ।

युवा सधै कसैको भरिया मात्र नभएर जिम्मेवारिताको पर्याय हो अब कुनै पनि युवा लाई केही पनि बहानामा कसैलाई प्रयोग मात्र गर्न नहुने बताउनु भयो ।तरुण दल नेपालि काङ्ग्रेसको भातृ सस्थाको रुपमा मात्र नभएर साथी सस्थाको रुपमा रहेको बताउदै अब को युवा आँखा चिम्लेर मात्र हैन कि सहि गलत छुट्टाउने र पार्टीका नेताहरु गलत काम मा लागे खबरदारी गर्ने र पार्टीभित्र अनैतिक कार्य गर्नेलाई कारबाही अब पार्टीले नगरे तरुण दलले कारबाही गर्न बताउनु भयो ।

कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा बोल्दै बाणगङगा नगरपालिकाका मेयर मङगल प्रसाद थारु, नगर कार्यसमिति का अध्यक्ष बिष्णु थापा ,सचीव बिष्णु गिरि,तरुण दल छेत्रीय अध्यक्ष तिलक थापा,तरुण दल जिल्ला सदस्य राजन आले,तरुण दलका नगर अध्यक्ष सुरेश सेन ज्यु ले अब युवा हरु एकजुट भएर अगाडि बढनु पर्ने त्यसका लागि जस्तो सुकै परिस्थिति आइपरे पनि सामना गरेर न आत्तिएर धैर्यताका साथ लगनशील र उदाहरणिय बन्नु पर्ने बताउनु भयो कार्यक्रममा ,नेपाली काङ्ग्रेसक छेत्रीय सदस्य दुर्गा के सि,शिक्षक सङघका बाणगङगा अध्यक्ष कुलराज पौडेल,महिला नेत्री बिष्णु मल्ल,नेबिसङ्घ जिल्ला उपाध्यक्ष शंकर न्यौपाने,नेबिसङ्घ छेत्रीय सभापति चन्द्रकान्त पोख्रेल,स्ववियु सदस्य हरि ढुङगाना, तिलक पाण्डे,स्वबियु सभापति माधव पौडेल,सिद्धार्थ क्याम्पस इकाई सभापति दिनेश छेत्री ,बिष्णु बश्याल,लगाएतको आतिथ्यतामा सप्पन्न भयो कार्यक्रमको संचालन तरुण दल नगर सचीव बेदुराम पोख्रेलको संचालनमा स्वागत मन्तव्य तरुण दल वडा ८ का सम्योजक मीन थापाको स्वागतमा नेपाल किसान टेक्टर समितिको हलमा सम्पन्न भयो कार्यक्रममा ८ न वडाका ४० जना युवा लाई प्रशिछित गरिएको थियो प्रशिक्षण मा युवाहरुलाई ब्यतिगत तथा सामाजिक आत्मसम्मान, राजनैतिक एवम समसामयिक विषयक प्रशिक्षण दिइएको थियो कार्यक्रम मा सहभागीले बोल्दै यो प्रशिक्षण कार्यक्रम ले हामिले गाउँ गाउमा गएर सङगठन गर्नकालागी सहज हुने र आफ्नो ब्यक्तिगत बिकाश का लागि अन्त्यतै उपयोगी भएको बताउनु भएको थियो।