images
images

कपिल शर्माको ट्वीटले मच्चियो खैलाबैला

भारतीय टेलिभिजन ईतिहासमा सर्वाधिक चर्चित शो लिएर आएका कलाकार हुन कमेडीयन कपिल शर्मा । कमेडी सर्कशमा हसाउँने प्रतियोगीतामा भाग लिएर एकाएक ‘कमेडी नाईट् कपिल’ , ‘द कपिल शर्मा’ शो र अन्त्यमा ‘फ्यामिली टाईम विथ कपिल’ शो समेत सञ्चालन गरेका कपिलले आफनो करियरमा नसोचेको प्रगती र लोकप्रियता कमाए ।

कुनै समय मनोरञ्जन क्षेत्रमा सबैभन्दा धेरै कर तिरेका उनै कपिल आज आलोचना र बिवादकाबीच फसेका छन् । कहिले सुनिल ग्रोबर त कहिले प्रेमिकासंगको लफडाको कारण कपिलले यतिबेला आकासबाट झरेर एक्कासी जमिनको यात्रा गरिरहेका छन् । आफनो व्यक्तिगत आचरण , विभिन्न व्यक्तिसंगको लफडाको कारण डिप्रेसनमा पुगेका कपिलको प्रसारण भईरहेको ‘फ्यामिली टाईम विथ कपिल’ शो नै बन्द भयो ।

यसबीचमा सोसल मिडिया र साथीभाईबाट पनि टाढै बसेका कपिलले हालै एक ट्वीट गरेका छन् । उनले गरेको ट्वीटको कारण खैलाबैला नै मच्चियो । गायब नै बनेका कपिलले ट्वीट गरेपछि उनका फ्यानहरु खुसी भएका छन् भने टिभीमा उनको पुर्नरागमन हुन सक्ने कुरामा विश्वस्त छन् । उनले दुई ट्वीट गरेका छ् जसमा दोस्रो ट्वीटमा लेखेका छन् “म आफनो लाईफस्टाइलमा परिवर्तन गर्ने कोसिश गरिरहेको छु” ।

के अब पुन कपिल पर्दामा फर्किएलान् ? यो प्रश्नले यतिबेला उनका फ्यानहरुको मनमा उब्जिरहेको छ । केही समय अगाडीमात्र पत्रकारलाई गालीगलौज गर्दे उनको बिरुद्ध समाचार लेख्ने मिडियालाई १०० करोड क्षतिपुर्ती माग गर्दे मुद्धा पनि हालेका थिए । भनिन्छ कपिल यतिबेला गोप्यरुपमा रिहावमा बसिरहेर गोप्यरुपमा उपचार लिईरहेका छन् ।