काठमाण्डौ जेठ २२, नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गतमा रहेको चारकिलो भन्ने स्थानमा आज बिहान ५ बजे पहिरो खस्दा सडक एकतर्फ मात्र सञ्चालन भएको छ । राति ठुलो पानी परेका कारण पहिरो खसेको हो ।
चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अहिले पहिरो पन्छाउनका लागि स्काभेटर पठाइएको छ । हिजो समेत उक्त सडक खण्डमा पहिरो जांदा २ घण्टा सडक पुर्ण रुपमा अवरुद्ध भएको थियो ।


जनता भ्वाइस 








