काठमाण्डौ जेष्ठ २२,जनकपुर उपमहानगरपालिका–१७ कनकपट्टी बस्ने बौका साहको छोराहरु सुरेन्द्र साह र वीरेन्द्र साहको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुने दुवैजना दाजुभाइ रहेको बताइएको छ । सोमबार साँझ आफ्नै घरमा बिजुलीका सामग्री मर्मत गरिरहेको बेला करेन्ट लागेको थियो । करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।