images
images

एपीएफले मार्‍याे बाजी: प्रथम सांसद कप पुरुष राष्ट्रिय नाइट भलिबल

सुनसरी , इटहरीमा सम्पन्न प्रथम सांसद कप पुरुष राष्ट्रिय नाइट भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले बाजी मारेकाे छ। इटहरीस्थित क्षेत्रीय रंगशालामा आइतबार राति सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै एपीएफले उपाधि हात पार्दै बाजी मारेकाे हाे ।

एपीएफले नेपाल पुलिसलाई २४–२६, २५–१३, २५–१६ र २५–१८ ले पराजित गर्दै नगद दुई लाख रुपैयाँ पुरस्कार सहित ट्रफी हात पार्याे । उता, उपविजेता नेपाल पुलिस क्लबले भने एक लाख रुपैयाँमै चित्त बुझाउनुपर्याे ।

प्रतियोगिताको विधागत पुरस्ककारमा पनि एपीएफले नै बाजी मारेकाे छ । एपीएफका लक्ष्मण राणा उत्कृष्ट खेलाडी घोषित भए भने लोकेन्द्र गिरी उत्कृष्ट सेटर, सञ्जु विक्रम शाह उत्कृष्ट स्पाइकर, महेन्द्र श्रेष्ठ उत्कृष्ट क्विकर, मिलन मल्ल उत्कृष्ट ब्लकर र नेपाल पुलिस क्लबका भिम मगर उत्कृष्ट लिब्रो घोषित भए।  राणाले २४ इञ्चको एलईडी टिभी तथा अन्यले जनही पाँच/पाँच हजारका दरले पुरस्कार पाएका छन् ।

जेठ १७ गतेदेखि सुरु भएको प्रतियाेगिताका विजेतालार्इ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्ट, प्रमुख सल्लाहकार शालिग्राम खड्कालगायतले पुरस्कार वितरण गरे ।