प्रविधिको क्षेत्रमा विश्वमा नया नया प्रयोग भइरहेको बेला नेपालमा पनि प्रविधिको पहुँचबाट टाढा रहेको क्षेत्र मध्येको एक वैदेशिक रोजगारीको क्षेत्रमा प्रविधिको प्रयोगद्वारा नया किसिमको सेवाको सुरुवात भएको छ| नया जागिर डट कम (www.nayajagir.com) नाम भएको वेब एपको मुख्य उद्देश्य भनेको वैदेशिक रोजगार व्यबसायी र वैदेशिक रोजगारीमा जान चाहने नेपाली कामदारहरु बिच वैदेशिक रोजगारीको सूचना सहज रुपमा सम्प्रेषण होस् भन्ने उद्देश रहेको एक संचालकले जानकारी दिएका छन्|
बैदेशीक रोजगारीको क्रममा अनधिकृत व्यक्तिहरुबाट कामदारहरु ठगिने गरेको परिप्रेक्षमा त्यस्ता समस्याको समाधान प्रविधिको माध्यमबाट सम्भब छ भन्ने विचारबाट अभिप्रेरित भएर सामाजिक अभियानको रुपमा सुरु गरिएको एपको बारेमा देश विदेशबाट व्यापक चासो व्यक्त गरि अत्यधिक प्रतिक्रिया आइरहेकोले अझै हौसला मिलेको पनि संचालकले बताएका छन्|

उक्त एपमा ७०० भन्दा बढी म्यानपावरका ६००० भन्दा बढी रोजगारीका अबसरहरु भएको र दैनिक रुपमा रोजगारीका अबसरहरु थपिने क्रम जारि रहेको पनि जानकारी प्राप्त भएको छ| त्यसै गरि “जागिर खोजी” भन्ने पेजमा गएर आफुले जान चाहेको देश र पद छनोट गरि उक्त देशमा उक्त पदको लागि कुन कुन म्यानपावरले बैदेशीक रोजगारीका अवसरहरु ल्याएका रहेछन भनि बुझ्न सकिने ब्यबस्था पनि रहेको छ| एपमा आफुलाइ मन परेको रोजगारीको अवसर भएको म्यानपावरलाइ सिधा सम्पर्क गर्न सकिने गरि म्यानपावरको नाम, ठेगाना र सम्पर्क फोन सहित रहने भएकोले बिदेशमा लगेर बिचल्ली बनाउने बाहिरिया व्यक्तिहरुबाट पनि बच्न सकिने देखिन्छ|
“सबैमा यसै गरि पुग्यो भने अलिक बिदेशमा आएर दुख त नपाउन सक्ने थियौं| बिचौलियाहरुबाट जोगिन सकिन्थ्यो होला| धेरै राम्रो लागो, धन्यबाद” – बैदेशीक रोजगारीमा रहनुभएका एक जना नेपालीबाट आएको प्रतिक्रियामा भनिए जस्तै सबैमा यो जानकारी पुग्न सके वैदेशिक रोजगारीको नाममा बैदेशीक रोजगार व्यवसायलाइ नै बदनाम गराउने गरि खराब व्यक्तिहरुबाट हुने ठगिमा कमि आउथ्यो कि?


जनता भ्वाइस 








