तानसेन पाल्ला जेठ १८,पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको लु २ ख ९७५ नम्बरको यात्रुबाहक बस हुमिन धारादीमा दुर्घटना भएको छ। अविरल वर्षाका कारण बस बाटोबाट चिप्लिएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी १२ जनाको मृत्यु भएको र १५ जना घाइते भएका छन्। मृत्यु हुनेमा ३ जना महिला र ९ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले बताए। बस बिहान सवा नौ बजे दुर्घटना भएको हो । २७ जना सवार बस सडक भन्दा डेढसय मिटर तल खसेको थियो । लक्ष्मी वचत तथा ऋण सहकारी संस्था तानसेनबाट भ्रमण जाँदै गरेको बस दुर्घटनामा परेको हो ।


जनता भ्वाइस 








