images
images

दुई दिने भारतीय शैक्षिक मेला काठमाडौंमा

द हिन्दू ग्रुप भारतको प्रमुख आयोजना तथा द नलेज नेटवर्कको सहकार्यमा जेठ १८ र १९ गते काठमाडौंमा दुई दिने ईण्डिया एजुकेशन फेयर २०१८ को आयोजना हुने भएको छ । भारतका सरकारी तथा नीजि बिश्वविद्यालयहरुको उपस्थिती रहने शैक्षिक मेलामा नेपाली विद्यार्थीह्रुले मेडीकल, ईन्जिनियरीङ्ग,आईटी, बिजनेश स्टडीज, ह्यूम्यानिटीज, आर्ट एण्ड डिजाईन, ल,जर्नालिजम, एग्रिकल्चर र पारामेडीकल लगायतका ४० भन्दा बढी कोर्षका बारेमा जानकारी पाउने छन ।

यस शैक्षिक मेलामा यूजी र पिजीका कोर्षहरु, छात्रबृती तथा बिेशष डकुमेन्ट तयार पार्न नेपाली विद्यार्थीलाई सघाईने, भारतका १० बिश्वविद्यालयहरुको सहभागीतामा विद्यार्थीहरुलाई बिशेष करीअर काउन्सिलिङ्ग गरीने डब्लुआरसी नेपालका प्रबन्ध निर्देशक सुदिप नायकले बताउनुभयो । काठमाण्डौको दरवारमार्गस्थित होटल अन्नपूर्णमा हुन लागेको मेलालाई करीअर एण्ड नलेज ईण्डिया एजुकेशन फेयर २०१८ भन्ने नारा दिइएको आयोजकले जनाएको छ ।