काठमाण्डौ जेष्ठ १७,लामो समय चर्चाको बिषय रहेको ३३ किलो सुन तस्करी काण्डमा संलग्न रहेको अभियोग लागेका प्रहरी बरिष्ठ उपरीक्षक(एस.एस.पि.) श्याम खत्रीले अदालतमा आत्मसमर्पण गरे पश्चात बिहीबार भएको बादी प्रतिवादीबीचको बहस र थुनछेकको बहसपछि जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसादको एकल इजलासले खत्रीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छन ।
“अदालतको आदेशमा भनिएको छ,‘निज प्रतिवादी श्यामबहादुर खत्री कसुरदार रहेको आधार देखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल निज प्रतिवादीलाई संगठगित अपराध निवारण ऐन २०७० को दफा ४१ तथा मुलुकी ऐन अदालती बन्दोबस्ती ११८ को देहायको २ को आधारमा पुर्पक्षाका लाथि थुनामा राख्न नियमानुसाको सिदा खान पाउने गरी अदालती बन्दोबस्ती १२१ नम्बर बमोजिमको थुनुवा पूर्जी दिई कारागार कार्यालय मोरङमा पठाइदिनु भनी कारकार बन्दोबस्ती १२१ बमोजिम यो आदेश गरेको छु”