काठमाडौं, जेष्ठ १७, लामो समय चर्चाको बिषय रहेको ३३ किलो सुन तस्करी काण्डमा संलग्न रहेको अभियोग लागेका प्रहरी बरिष्ठ उपरीक्षक(एस.एस.पि.) श्याम खत्रीले अदालतमा आत्मसमर्पण गरेका छन् । एसएसपी खत्री विहीबार जिल्ला अदालत मोरङमा आफैँ उपस्थित भएका हुन् ।
अहिले उनको बयान लिने क्रम सुरु भएको छ । सुन काण्डका मुख्य अभियुक्त चुडामणी उप्रेतीले एसएपी खत्री सुन तस्करीका मुख्य सहयोगी भएको र उनले नै पैसा लिएर आफूहरुले विदेशबाट ल्याउने सुन विमानस्थल बाहिर पठाउन सहयोग गर्ने गरेको बयान दिएका थिए । विमानस्थलमा कार्यरत एसएसपी सुन तस्करी प्रकरण बाहिरिएसँगै फरार थिए ।
प्रहरीको अन्तराष्ट्रिय सञ्जाल इण्टरपोलले खत्रीविरुद्ध डिफ्युज नोटिस जारी गरेको थियो ।


जनता भ्वाइस 







