केहि समय अघि देखि नेपाली मिडियाहरुमा यातायात व्यावसायीको सिन्डिकेडले ‘ट्रेण्डिंग ’ को रुप लिएको थियो उक्त सिन्डिकेटको चर्चा यती भएको थियोकी मिडियामा मात्र नभई सार्वजनिक स्थलमा समेत एक बहसको विषय बन्यो । कत्तिले सिन्डिकेटको बारेमा बुझेर बहस गरे भने कतीले बुझ्नका लागी । सधै जसो गफगाफ हुने चिया पसलमा झनै खुबै मज्जाको चिया गफ बन्यो ।
बिहान कलेजको पढाइ सकेर म पनि चिया पसल पुगे । साउनीलाई एक कप चिया भन्दै टेबलमा बसे । मेरो छेउकै टेबलमा बसेका चार जना अधबैँशे मध्ये एक जनाले हातमा नयाँ पत्रिका समातेका थिए । नयाँ पत्रिकाको पहिलो पेजमा सिन्डिकेटका बारेमा सकरात्मक समाचार प्रकाशीत भएके थियो । अनी त्यही समाचारलाई आधार बनाउदै सिन्डिकेटको निकै खेदो खनिरहेका थिए । प्राय जसो सिन्डिकेटको बिरोधमा नै देखिन्थे । सायद यातायातमा भएको सिन्डिकेट हट्ने भयो भनेर होलान ।
सबैजना सिन्डिकेटमा संलग्न यातायातले यात्राका बेला खेपेको सास्ती सुनाउदै थिए । घरी अगाडि, घरि पछाडि सर्नुस भन्दै दिएको सास्तीको खुबै बिरोध गरे । हुन पनि हो ब्रोइलर कुखुरा बोक्ने गाडीमा कुखुरा हुलेझै गरी पेल्दा कस्लाई पो सह्य होलार । माल समान बोक्ने ट्रकमा शिशबाट बनेका वस्तुरुहरु बोक्दा बरु खुबै सम्हालेर गाडी दौडाइन्छ । किनकी त्यो शिशाको सामान फुट्छ भनेर । तर, यहाँ मानव शरिरको मुल्य एक शिशाको बस्तु जती भएन । साशै फेर्न नसकिने गरी ठेलेका हुनछन् । झनै यस्तो गर्मी समयमा ।
सर्वसधारणले सहिरहेको यसै सास्तिलाई न्युनीकरण गर्न मयुर यातायाले चैत्र १ गते बाट बस सञ्चालन गर्यो । नेपाली सडकमा गुडाउन नयाँ यातायात आउनु ठुलो कुरा हैन । यस भन्दा पहिलानी नआएका हैनन् । रुप परमिट र पुरान मैहु भन्ने व्यावसायीले ति नयाँ बसहरु सडकमा गुडान दिनु र गुडाउनु ठुलो कुरा हो । त्यसका बाबजुद पनि मयुर यातायातले २४ वटा ३८ देखि ४२ सिट क्षमता सम्मका गाडी संचालनमा ल्यायो । यि गाडीमा वाईफाई तथा टिभीको सुविधा छ । त्यस्तै गम्भिर अपाङ्ग तथा ७० वर्ष माथिकालाई निशुल्क सेवा सुविधा प्रदान गरिरहेको थियो ।
सुविधासम्पन्न ठूला गाडी मयूर यातायातलाई रुट परमिट दिएको विरोधमा ११ वटा समितिले धूलिखेल–काठमाडौं रुटमा मात्र नभई देश भरीका १३ वटा समितिले याताया ठप्प गरे । चलाउछु भनी चलाएका मयुर यातायातका बसहरु विरोधि समितिले तोडफोड समेत गरे । तर, पनि निडरका साथ यिनै सडकमा गाडी गुडाई रहे । यती सम्म की बस चालक र सहचालकलाई हेल्मेट सम्म पहिर्याए र जबर्जस्ती भएपनि गाडी चलाए । उनले लड्न आँटे र जिते पनि ।
यती बेलाको यो मयुरको लडाई सच्चा थियो । त्यसैले होला यो बेला नेपाली मिडियाले पनि खुबै साथ दियो । सिन्डिकेटको विरोध गरे र सर्वसधारणलाई सहि सुचना प्रवाह गरे । यति खेरको नेपाली मिडियाको भूमीका सराहनिए मान्न सकिन्छ । तर, यस्ता घटना पहिले पनि नभएका भने हैनन् । २०६३ सालमा पनि यातायात समितिले सिन्डिकेडका बिरुद्ध देशभरी बन्द गरे ।
नेपालमा यातायात व्यवसायीका संघ दर्ता २०२० कै दशकदेखि भएपनि पञ्चायत कालसम्म यातायात व्यवसायीको सिन्डिकेट त्यति प्रभावकारी थिएन । २०४९ मा नयाँ सवारी तथा यातायात व्यवस्था ऐन बन्यो । सो ऐनमा स्वच्छ प्रतिस्पर्धात्मक ढंगबाट यातायात व्यवसायको विकास गर्न सार्वजनिक सवारीलाई चक्र प्रणालीअन्तर्गत यातायात सेवा सञ्चालन गर्ने गरी इजाजतपत्र प्रदान गरिनेछैन भन्ने व्यवस्था गरियो । तर, यातायात व्यवसायीको तीव्र दबाबमा २०५० मा सो ऐन संशोधन भयो ।
कुनै रुटमा सञ्चालन हुने एउटा समितिभित्रका सवारीसाधन आलोपालो प्रणालीमा सञ्चालन गर्न पाउने व्यवस्था गरियो । २०६३ सालमा संशोधन भएको सार्वजनिक खरिद ऐनले सवारी तथा यातायात व्यवस्था ऐनको सो आलोपालो प्रणालीवाला व्यवस्था खारेज गरिदियो । तर, त्यसका विरुद्ध यातायात व्यवसायीले मुलुकभर यातायात बन्द गरे । यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा १० सूत्रीय माग राखी ७ र ८ माघ ०६३ मा नेपालभर आमहडताल गरे । त्यतिबेला सरकारले समितिसंग नसकेर यातायात महासंघबीच १८ बुँदे सहमति गर्यो । त्यो बेला गृह मन्त्रालय, अर्थ मन्त्रालय तथा यातायात व्यवस्था विभाग चुकेका बेला, हाल मयुर यातायातले ठुलो भूमीका खेल्यो ।
केहि बर्ष अघि मात्र सुदुर पश्चिममा पनि सुदुर पश्चिम यातायात र बडिमालिका यातायात बिच रुट परमिटका लगी यस्तै बिरोध भयो । बाटो बाटोमा बसहरु तोडफोड हुन थालेपछि बडिमालिका यातायात समिति सुदुर पश्चिम यातायातमै गाबिन पुग्यो । सुदुरपश्चिममा रुट परमिटकालागी भएको यातायात बिचको दोन्द यो मात्र हैन । यस भन्दा पहिला कर्णाली सब व्यावसाहि बिच पनि सुदुर पश्चिमको मै हु भन्ने सुदुर पश्चिम यातायातले दोन्द गर्यो ।
त्यसैले यत्रो बर्ष रुट परमिट र सिन्डिकेटका विरुद्व हड्ताल र आन्दोलन हुदा समेत केहि गर्न नसकेको सरकारले, अहिले आयर निडरका साथ मयुर यातायातको अगुवाईमा यो कार्य हुनु यसको श्रेय मयुर यातायातलाई दिदा कुनै आपत्ति नहोला । किनकी उसले लड्न आँटेको छ र जितेको छ । यतिमात्र हैन अब पुराना र थोत्रा गाडिले गर्दा दिनानु दिन हुने यातायात दुर्घटना र उकुस मुकुसको यात्राबाट केहि हदसम्म सास फेर्न सहज हुने अपेक्षा समेत गरिएको छ ।