images
images

सार्वजनिक सुनुवाइ सम्पन्न

जितपुर(कपिलवस्तु) १५ जेठ ।
वाणगंगा नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ कपिलवस्तुको प्राविधिक सहयोगमा वडा नं ७ को कार्यालय मोतिपुरमा सार्वजनिक सुनुवाई गरिएको छ । वाणगंगा नगरपालिकाले २०७४÷७५ मा गरेका क्रियाकलाप सेवा प्रवाहहरुको बारेमा जवाफदेखि निकाय र सेवाग्राहि विच खुलेर छलफल गरिएको थियो । कार्यक्रममा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले नगर बाट प्रवाह हुने सेवा छिटो छरितो हुने बताए । कुनै पनि कामका लागि सेवाग्राहिले झन्झट व्यहोर्नु नपर्ने उहाँले बताए । नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले नगर भित्रका सबै नागरिकलाई न्याय दिने गरि न्यायिक समितिले काम गर्ने बताए । वाणगंगा नगरभित्रका विषयगत कार्यालयले जवाफदेहि बनेर सेवाग्राहिलाई सेवा प्रदान गर्नु पर्ने उपमेयर अर्यालले बताए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलशीराम मरासीनीले नगरपालिका बाट प्रवाह हुने सेवा पारदर्शि र जवाफदेहि हुने बताए । नगरपालिकाले समयमै भौतिक प्रगति र वित्तिय प्रगति कार्य सम्पन्न गर्ने उनले बताए । कार्यक्रममा उपस्थित सहभागिहरुले प्रयाप्त मात्रामा विउपल पाउनु पर्ने, शुद्ध खानेपानीको व्यवस्था , सिंचाईको भरपर्दो व्यवस्था, लक्षित वर्गको वजेटलाई सहिसदुपयोग हुनु पर्ने , छाडाचौपायको व्यवस्थापन हुनु पर्ने, विकास निमार्णमा सबैलाई सहभागि गराईनु पर्ने लगायतका धारणा राखेका थिए । कार्यक्रममा वडा न. ७ का वडा अध्यक्ष विष्णु गिरीले वडालाई सुन्दर वडाका रुपमा विकास गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । कार्यक्रममा पत्रकार मनिस कार्कीले नागरिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने सर्वसाधारणहरुको गुनासो टिपोट बाबुराम रायमाझिले गरेका थिए । नेपाल पत्रकार महासंघका उपाध्यक्ष पार्वती पाण्डेको सहजिकरण र सचिव हरि अधिकारीको स्वागतमा भएको कार्यक्रममा नगर भित्रका १० वटा वडाका वडा अध्यक्षहरु, नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुषाल, विषयगत कार्यालयहरु शिक्षा, कृषि, पशु, स्वास्थ्यका प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सबै समुदायको सक्रिय सहभागिता रहेको थियो । नगरबाट प्रदान हुने सेवालाई पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।