images
images

सुन तस्करीका मुख्य नाइके चूडामणि उप्रेती ‘गोरे’ पक्राउ

काठमाण्डौ जेष्ठ ८,सुन तस्करीका मुख्य नाइके चूडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन् । गृह मन्त्रालयको विशेष छानबिन समितिले उनलाई पक्राउ गरेको हो । स्रोतका अनुसार गोरेलाई विदेशबाट पक्राउ गरेर ल्याइएको हो । पक्राउ परेको स्थान हाल सम्म खुलाएका छैनन् ।

समितिका एसएसपी बसन्त लामाले उनलाई पक्राउ गरिएको पुष्टि गरे। दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन त्यसबारे सार्वजनिक गर्ने तयारी गरिएको छ ।

गत माघ ९ गते विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा उनले करेन्ट लगाएर सनम शाक्यको हत्या गरेको थिए । शाक्य हत्याको विस्तृत अनुसन्धान गर्ने क्रममा उनको तस्करीको धन्दा बाहिर आएको हो  ।