images
images

ट्रेड युनियनको जिम्मेवारी झन बढदै ः दाहाल

जितपुर(कपिलवस्तु) २ जेठ ।
नेपाल ट्रेड युनियनका केन्द्रीय अध्यक्ष खिलानाथ दाहालले पछिल्लो समय ट्रेड युनियनको भुमिका झन बढदै गएको बताएका छन । समय जति परिर्वतन भएतापनि टे«ड युनियनले मजदुरको श्रम मुुल्याकंनका क्षेत्रमा काम गर्दै आएकोले अव उनीहरुको जीवनस्तर उकास्न र गुणस्तरीय बनाउनमा लाग्ने बताए । कपिलवस्तुको बाणगंगा १ बैरीयामा आयोजित अन्तक्रिया कार्यक्रममा बोल्दै दाहालले अव हरेक मजदुरलाई सहकारीमा जोडी काम गर्ने ट्रेड युनियनको योजना रहे अनुरुप अव देशभरनै प्रभावकारी ढङगले काम गर्ने उनले बताए । अन्तक्रिया कार्यक्रममा कृर्षी श्रमिक सघं केन्द्रीय अध्यक्ष बिमला गैरे, ट्रेड युनियन कपिलस्तुका अध्यक्ष बाल कुमारी अधिकारी पन्त, निवर्तमान अध्यक्ष लोकनाथ शर्मा पौडेल, पुर्व अध्यक्ष कृष्ण गुरुङ, रुपन्देहीका अध्यक्ष काजीमान श्रेष्ठ, नेपाली काग्रेसका जिल्ला नेताहरु दोलकराम घिमिरे, दुर्गा केसि, झलक मल्ल लगायतले आआफनो धारणा राखेका थिए । ट्रेड युनियनको महाधिवेशन यही जेठ २८ गतेबाट काठमाणडौमा हुने भएकाले कार्यकर्ता तथा नेताहरु भेटघाटमा केन्द्रीय नेताहरु यतिबेला जिल्ला दौेडाहामा रहेका छन ।