images
images

जनप्रेमी कपको उपाधी प्रगतीशिल क्लवलाई

अशोक पौडेल
जितपुर(कपिलवस्तु) १ जेठ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः २ पिपरामा जारी दोस्रो जनप्रेमी कपको उपाधी प्रगतिशिल युवा क्लव गोवडिहवा कपिलवस्तुले जितेको छ । रुपन्देहीको सिद्धार्थ क्लवलाई ६÷० ले हराउदै प्रगतिशिल क्लव बिजयी भएको हो । बिजयी हुनासाथ प्रथमले एक लाख एक हजार एक सय एक , द्धितिय हुनेले पचास हजार नगद शिल्ड मेडल र प्रमाण पत्र पाएका छन । बैशाख १८ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्ला भित्र र बाहिरका गरी १२ वटा समुहको सहभागिता रहेकोे खेलका संयोजक बिवेक बिसिले जानकारी दिए ।  समापन कार्यक्रममा प्रदेश नः ५ का प्रदेश सभा सदस्य बिष्णु पन्थी, बाणगंगा नगरपलिका उपमेयर चक्र अर्याल, वडा नः २ का अध्यक्ष बिष्णु पौडेल, युवा समाजसेवि कमल क्षेत्री, कुमार थापा तथा क्लवका अध्यक्ष दिलिप गाहाले आआफनो धारणा राखेका थिए । फाइनल खेल हेर्न जिल्ला भित्र र बाहिरबाट गरि करिव ३ हजार बढिको सहभागिता रहेको थियो । प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैप्रति क्लवका अध्यक्ष गाहाले ध्न्यवाद समेत ज्ञापन गरेका थिए । जनता उच्च माध्यमिक बिद्यालयको खेल मैदानमा भएको उतm प्रतियोगितामा सान्तवना हुने युनाइटेट कपिलवस्तु र एक्स आर्मी क्लवले १० हजारका दरले नगद पाएका थिए ।