images
images

तरुण दल कपिलवस्तुले प्रशिक्षण दिने

कपिलवस्तु जितपुर बैशाख ३१,नेपाल तरुण दल केन्द्रिय कार्यालयले सम्पुर्ण जिल्लाहरुमा  सरकुलर  जारी गरी  युवाहरुलाई प्रशिक्षण दिई दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यका साथ बिभिन्न कार्यक्रहरुको आयोजना गर्ने भएको छ ।

आगामी जेष्ठ ५ गते जिल्ला समितिहरुले जिल्ला स्तरिय प्रशिक्षण गर्ने । जेष्ठ १२ गते सम्पुर्ण महानगरपालिका,उप-महानगरपालिका र गाउँपालिकाहरुमा तरुण प्रशिक्षण कार्यक्रम गर्ने  र १९ गते सम्पुर्ण वडाहरुमा प्रशिक्षण कार्यक्रम गर्ने तय गरेको छ । सोही बमोजिम नेपाल तरुण दल कपिलबस्तुले बुद्धभुमी नगरपालिका स्थित गोरुसिंङ्गेमा जेष्ठ ५ गते कपिलवस्तुका युवाहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको तय भएको छ । नेपाली काग्रेसका युवा नेता तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापाले उदघाटन गर्ने कार्यक्रम रहेको तरुण दल कपिलवस्तुका अध्यक्ष तथा युवा समाज सेवी शक्ति सिंह ठकुरीले ई-बुद्ध खबरलाई जानकारी गराउनु भएको छ ।