काठमाण्डौ बैशाख २८,नेपाल पुलिस क्लबले दमक गोल्डकपको उपाधि जितेको छ। शुक्रबार भएको फाइनल खेलमा पुलिसले मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि चुमेको हो।
खेलको ८८ औं मिनेटमा पुलिसका लागी रेजिन सुब्बाले हेडमार्फत निर्णायक गोल गर्दै पुलिसको जित सुनिश्चित गरेका थिए ।
उपाधिसँगै विजेता नेपाल पुलिसले १३ लाख ११ हजार तथा उपविजेता मनाङले ६ लाख ११ हजार रुपैयाँ प्राप्त गरेका छन्।
पुलिसका गोलरक्षक किरण चेमजोङले प्रतियोगिताको मोस्ट भ्यालुएबल खेलाडी बने । उनले अपाचे मोटरसाइकल प्राप्त गरे।
सर्वाधिक गोलकर्ताको पुरस्कार मदन भन्डारी स्पोर्टसका म्याक्स, एपिएफका हरि कार्की र आर्मीका नवयुग श्रेष्ठले संयुक्तरुपमा प्राप्त गरे। तीनैले २५ हजार रुपैयाँ बराबर रुपमा दिइने जनाइएको छ।
पुलिसका लागी यो सिजनको पहिलो जितेको हो।