जितपुर(कपिलवस्तु) २० बैशाख ।
कपिलवस्तुको बाणगंगा २ पिपरामा दोस्रो जनप्रेमी खुल्ला नकआउट फुटवल प्रतियोगितामा सुरु भएको छ । जनप्रेमी युवा क्लव पिपराद्धारा आयोजित प्रतियोगिता बैशाख ३१ गतेसम्म चल्ने छ । प्रतियोगिताको उद्यघाटन गर्दै पुर्व मन्त्री तथा भारतका लागी नेपालका पुर्व राजदुत दिप कुमार उपाध्यायले खेलकुद क्षेत्रको बिकासले राष्ट्रीयता बलियो हुनेमा जोड दिदै कपिलवस्तु जिल्लालाई खेलकुद क्षेत्रमा देशकै उर्वर क्षेत्र बनाउन पहल गर्ने बताएका थिए । कार्यक्रममा क्लवका अध्यक्ष दिलिप गाहा, प्रतियोगिताका संयोजक खेल संयोजक बिवेक बिसि, कुमार थापा, त्यस्तै युवा समाजसेवि कमल क्षेत्री, बिरेन्द्र श्रेष्ठ, डोलक राम घिमिरे लगायतले आआफनो धारणा राखेका थिए । प्रतियोगितामा १२ वटा समुहको सहभागिता रहेको छ । शुक्रबार युनायइटेट क्लव कपिलवस्तु र सनराइज युवा क्लव मोतिपुरबिच खेल हुने आयोजकले जनाएको छ । प्रथम हुनेले १ लाख १ हजार १ सय १, द्धितिय पुरस्कार पचास हजार नगद शिल्ड र प्रमाण पत्र पाउने छन ।