images
images

कलिवस्तुमा एतिहासिक खेल सम्पन्न भयो ः अध्यक्ष छवि रेश्मी

जितपुर(कपिलवस्तु) २० बैशाख ।
कपिलवस्तुको बाणगंगा बैरीयामा आयोजित प्रथम कपिलवस्तु राष्ट्रीय पुरुष भलिबल प्रतियोगिता एतिहासिक रुपमा सफलताका साथ सम्पन्न भएको जिल्ला खेलकुद बिकास समिति कपिलवस्तुका अध्यक्ष छवि रेश्मी मगरले बताएका छन । यही बैशाख १४ गतेबाट १७ गतेसम्म आयोजना भएको प्रतियोगितामा ७ वटै प्रदेशका भलिबल खेलाडीहरुको सहभागीता रहेको थियो । नेपालकोे इतिहासमा पहिलो पटक रातको समयमा यसरी प्रतियोगिता आयोजना गर्दा देशभरीबाटै चासोका साथ हेरीएको अध्यक्ष मगरको भनाई रहेको छ । साथै उनले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार समेत ब्यतm गरेका छन ।