images
images

राष्ट्रीय पुरुष भलिबल प्रतियागिताको उपाधि प्रदेश नः ४ लाई

अशोक पौडेल
जितपुर(कपिलवस्तु) २० बैशाख ।
कपिलवस्तुुको बाणगंगा बैरीयामा आयोजित प्रथम कपिलवस्तु राष्ट्रीय पुरुष भलिबल प्रतियोगिताको उपाधि प्रदेश नः ४ ले जितेको छ । प्रदेश नः ७ लाई ३÷१ सेटले हराउदै प्रदेश नः ४ ले उपाधि जितेको हो । प्रतियोगितामा प्रदेश नः ७ द्धितिय, प्रदेश नः ५ तृतिय र प्रदेश नः ३ ले सान्तवना स्थान हासिल गरेका थिए ।

नेपालकै इतिहासमा पहिलो पटक रातीको समयमा आयोजित पहिलो प्रतियोगिता प्रथमले भएसगै प्रदेश नः ४ ले एक लाख एघार हजार एक सय एघार नगद, प्रमाण पत्र , कप र मेडल पाएका थिए भने द्धितिय हुने प्रदेश नः ७ ले पचपन्न हजार पाच सय पचपन्न हजार, प्रमाण पत्र,कप मेडल र प्रदेश नः ५ ले तेत्तिस हजार तिन सय तेत्तिस , मेडल, कप र प्रमाण पत्र पाएका छन । जिल्ला खेलकुद बिकास समितिद्धारा आयोजित प्रतियोगिताको समापन कार्यक्रममा ३ हजार बढि दर्शकको सहभागिता रहेको थियो । समापन कार्यक्रममा बोल्दै अध्यक्ष रेश्मीले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सवैप्रति धन्यवाद ज्ञापन गर्नुका साथै खेल जगतमा यस प्रतियोगिताले ठुलो महत्व राख्ने बिश्वास ब्यतm गरेक थिए । समापन कार्यक्रममा बिभिन्न बिधाका उत्कृष्ट खेलाडी, रेफ्री, सहयोगी सघं सस्था तथा ब्यतmहरुलाई समेत सम्मान गरिएको खेलकुद बिकास समिति कपिलवस्तुका कोषाध्यक्ष पदम सेनले जानकारी दिए । चार दिनसम्म चलेको प्रतियोगितामा बिभिन्न राष्ट्रीय कलाकारले समेत आफनो प्रस्तती राखेका थिए । समापन कार्यक्रममा प्रदेश सभा सदस्य बिष्णु पन्थी, कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेल, समाजसेवि डोलकराम घिमिरे रुक बहादुरु भुसाल लगायतले आआफनो धारणा राखेका थिए ।