काठमाडौँ, १६ वैशाख, रसियन नाटककार एन्टोन चेखवको प्रसिद्ध नाटक ‘थ्री सिस्टर्स’ को मन्चन हुने भएको छ । मेघराज अधिकारीद्वारा नेपालीमा अनूदित नाटक ‘तीन बहिनी’ को परिकल्पना र निर्देशन घनश्याम श्रेष्ठले गरेका छन् ।
नाटकमा घिमिरे युवराज, सुषमा कोइराला, श्याम खड्का, शान्ति गिरी, विकास जोशी, सुनिसा बजगाई, अर्जुन न्यौपाने, अन्ना देउजा, जीवन बराल, अस्मिता खनाल, अमुल श्रेष्ठ, सुरेश जि सी र श्रीओम श्रेष्ठ ‘रोदन’ ले अभिनय गरेका छन् ।
उक्त नाटक आगामी वैशाख १९ गतेदेखि जेठ १२ गतेसम्म शिल्पी नाटक घरमा मञ्चन हुने जनाइएको छ ।