जितपुर बैशाख १६,कपिलवस्तु र रुपन्देही जिल्लामा पेट्रोलको चरम अभाव देखा परेको छ । केहि दिन यता यो क्षेत्रमा पेट्रोलियम पदार्थमा अभाव देखिएको हो । सर्वसाधरणहरु पेट्रोल भर्नको लागी घण्टौ घण्टा लाईनमा बस्दा समेत तेल नपाएर फर्कनु पर्ने तितो बाध्यता रहेको स्थानियहरु बताउछन । वास्तवमै पेट्रोलको अभाव हो वा मुल्य बढ्ने संकेत पाएका ब्यवसायीले गरेको कृत्रिम अभाव हो यसवारेमा राज्यको स्पष्ट धारणा आएको छैन । विगतमा यस्तो अभाव हुदा प्रहरीको उपस्थितीमा वाड्ने गरीन्थ्यो । तर यसपाली यस क्षेत्रका पम्पहरुमा प्रहरीले कुनै चासो राखाएका छैनन् ।
पेट्रोलियम डिलर्स एसोसियसनका ज्ञानराज भण्डारीले भन्नु भयो हाम्रोमा आएको वाडेर सकियो अन्य पम्पमा पनि आएकोछ । आउने क्रम वढेकोछ अव अभाव नहोला । स्थानि बासिन्दाले पेट्रोल आएता पनि स्वयम पट्रोल पम्प धनिले पेट्रोल भण्डारन गरी कृतिम अभाव श्रृजना गरेको आरोप लगाएका छन । यस सम्वन्धमा पेट्रोल पप्प संचालकले मुख कोलेका छैनन् ।