images
images

बेलायती राजकुमार विलियम र केटद्वारा तेस्रो सन्तानको नामाकरण

लन्डन– बेलायती राजकुमार विलियम र उनकी पत्नी केटले आफ्नो छोराको नामकरण गरेका छन्। तेस्रो सन्तानका रुपमा सोमबार बिहान ११ः०१ मा केटले छोरा जन्माएकी थिइन्।

बेलायती राजपरिवारको कार्यालय किंग्सटन प्यालेसले दिएको जानकारीअनुसार राजकुमार दम्पतीले आफ्नो नयाँ सन्तानको नाम लुइस आर्थर चाल्र्स राखेका छन्। ‘नयाँ बच्चालाई क्याम्ब्रिजको राजकुमारको रुपमा चिनिनेछ।’, किंग्सटन प्यालेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सन् १९७९ मा आइरिस रिपब्लिकन सेना(आइआरए)द्वारा हत्या गरिएका राजकुमार विलियमका काका लुइस माउन्टब्याटनको सम्झनामा नयाँ सन्तान नामाकरण गरिएको हो। साथै चाल्र्स भने विलियमका बुवाको नाम हो।

सन् १९४७ मा भारत स्वतन्त्र हुनुअघि लुइस सो क्षेत्रका लागि ब्रिटिस साम्राज्यका अन्तिम प्रशाषक थिए।

विलियम दम्पतिका यसअघि १ छोरा र १ छोरी छन्। उनी बेलायती राजपरिवारमा उत्तराधिकारीको सूचीमा पाचौँ नम्बरमा परेका छन्।