images
images

आफुनो बायोपिकमा अभिनय गरेका रणबीरबारे सञ्जय दत्तको कमेन्ट

बलिउड अभिनेता रणबीर कपुरले नायक सञ्जय दत्तको जीवनीमा आधारीत चलचित्र ‘संजु’मा अभिनय गरेका छन् ।गत मङ्गलवार चलचित्र ‘संजु’को टिजर सार्वजनिक भएको छ ।आफ्नो जीवनीमा बायोपिक बनेको भन्दै अभिनेता सञ्जय दत्तले खुसी व्यक्त गरेका छन् ।

राजकुमार हिरानीले निर्देशन गरेको चलचित्रमा रणबीर कपुरले अभिनेता सञ्जय दत्तको भूमिका निभाएका छन् । टीजर हेरे पछि सञ्जयले रणबिरले गरेको आफ्नो पात्रलाई हुबहु नक्कल उतार्न सफल भएको बताएका थिए । उनले हीरानी समक्ष हाँसो गर्दै ’मुना भाइ एमबीबीएस २’मा रणबीरलाई नलिनु भनेका थिए ।

यहि २९ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘संजु’मा रणबीर बाहेक दिया मिर्जा, सोनम मपुर, मनीषा कोइराला लगायतका कलाकारको अभिनय रहेको छ ।