जितपुर(कपिलवस्तु) १२ बैशाख ।
कपिलवस्तुको बाणगंगामा प्रथम राष्ट्रीय भलिबल प्रतियोगिता हुने भएको छ । जसका लागी आवश्यक तयारी तिव्र रुपमा भई रहेको छ । यही बैशाख १४ गतेबाट हुने उतm प्रतियोगितामा सात वटै प्रदेशका भलिबल समुहको सहभागिता रहने जिल्ला खेलकुुद बिकास समितिका अध्यक्ष छविलाल रेश्मी मगरले जानकारी दिए । हरेक दिन साझ ४ बजेबाट प्रतियोगिता सुरु हुने छ भने ८ बजेबाट बिविध सास्कृतिक कार्यक्रम हुने मगरले जानकारी दिए । तराइमा दिउसो बढि गर्मी हुने भएकाले रातीको समयमा भलिभल प्रतियोगिता राखीएको आयोजकले जानकारी दिएको छ । अत्याधुनिक लाइट सिस्टम जडान गरिएकाले रातको समयमा भलिबल खेल हेर्नुको मज्जा छुट्टै हुने बिश्वास आयोजकले लिएको छ ।