images
images

बिदेशमा रहेका नेपालीका लागी ईमेलबाटै पुलिस रिपोर्ट

काठमाण्डौ बैशाख ११,विदेश जाने नेपालीहरुका लागि आवश्यक पर्ने चारित्रिक प्रमाण पत्र (पुलिस रिपोर्ट) प्राप्त गर्न सहज हुने भएको छ । नेपाल प्रहरीले राजधानी काठमाडौं लगायतका केही स्थानहरुबाट वितरण गर्दै आएको चारितित्र प्रमाण पत्र  देशका विभिन्न स्थानहरुबाट उपलब्ध गराउने भए पछि पुलिस रिपोर्टको लागी राजधानी धाउन पर्ने बाध्याता टर्ने भएको हो । प्रदेशको ढाचा अनुरुप प्रहरीले चारित्रिक प्रमाण पत्र अर्थात् पुलिस रिपोटका लागि फाराम संकलन र वितरण कार्यलाई बिस्तार गर्न लागेको जानकारी प्रहरीले प्रेश विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

विदेशमा रहेका नेपालीका लागि यस्तो छ व्यवस्था :-

यसैगरी विदेशमा रहेका नेपाली नागरीकले आवश्यक पर्ने प्रहरी चारित्रिक प्रमाण पत्र (पुलिस रिपोर्ट) का लागि प्रहरी प्रधान कार्यालय चालचलन शाखाको ईमेल policereport@nepalpolice.gov.np मार्फत आवश्यक कागजात सहित आवेदन दर्ता गराउनु पर्ने छ । निवेदन दर्ता भैसकेपछि सम्बन्धित व्यक्तिको ईमेल मार्फत प्रहरीले चालचलनको प्रमाण पत्र विदेशमा नै उपलब्ध गराउने गरी ईमेल सेवा संचालन गरेको जानकारी गराएको छ । चारित्रिक प्रमाण पत्र (पुलिस रिपोर्ट) लिन पाउने स्थानहरु निम्न बमोजिम भएको बिज्ञाप्तिमा उल्लेख छ ।

उपत्यका भित्र :-

१. महानगरीय प्रहरी कार्यालय रानीपोखरी
२. महानगरीय प्रहरी परिसर ललितपुर
३. महानगरीय प्रहरी परिसर भक्तपुर
४. महानगरीय प्रहरी बृत महाराजगंज
५. महानगरीय प्रहरी बृत कालीमाटी
६. महानगरीय प्रहरी बृत गौशाला

काठमाडौं बाहिर :-

१. १ नं प्रदेश प्रहरी कार्यालय बिराटनगर
२. ३ नं प्रदेश प्रहरी कार्यालय हेटौंडा
३. ४ नं प्रदेश प्रहरी कार्यालय पोखरा
४. संघीय प्रहरी ईकाई कार्यालय भेरी नेपालगंज
५. संघीय प्रहरी ईकाई कार्यालय सेती धनगढी