images
images

साताको पहिलो दिन एक अर्ब २३ करोडको कारोबार,नेप्से ५० अंकले बढ्यो

काठमाण्डौ बैशाख ९,साताको पहिलो कारोबार दिन आइतबार नेप्से दोहोरो अंकले बढेर उछाल आएको छ । ५०.१८ अंकले बढेर नेप्से परिसुचक १४३८.४९ पुगेको छ । साताको अन्तिम दिन विहिबार नेप्से परिसुचक १३८८.५३ थियो ।

एक अर्ब २३ करोड बढीको कारोबार
बजार बन्द हुन एकघण्टा बाँकी रहँदा नेप्से परिसूचक २६.५१ अंकले बढेकोमा पछिल्लो एक घण्टामा नै २४ अंकले बढेको थियो । १६७ कम्पनीमा २८ लाख ८९ हजार ९४३ कित्ता शेयर १२ हजार ५ सय ४८ पटक खरिदबिक्री हुँदा एक अर्ब २३ करोडको कारोबार भएको छ ।

कुमारीको कारोबार बढी
कुमारी बैंकको सबै भन्दा बढी ५ करोड ३९ लाखको कारोबार भएको छ । राष्टिय बिमा कम्पनी लिमीटेडको ४ करोड ४० लाख बढीको कारोबार भएको छ भने सानिमा बैंकले ३ करोड ७५ लाख बढीको कारोबार गरेको छ ।
त्यसै गरी नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनी, सानिमा हाइड्रोपावर र चिलिमे हाइड्रोले तीन करोड बढीको कारोबार गरेका छन् ।

स्रोत:- नयांपत्रिकाबाट