अशोक पौडेल
जितपुर, कपिलवस्तु ८ बैशाख ।
जिल्ला खेलकुद बिकास समिति कपिलवस्तुद्धारा यही बैशाख १४ गतेबाट प्रथम कपिलवस्तु राष्ट्रीय भलिबल प्रतियोगिता तथा सास्कृतिक कार्यक्रम हुने भएको छ । प्रतियोगितामा देशभरका सातवटै प्रदेशबाट पुरुष भलिबल समुहको सहभागीता रहने जिल्ला खेलकुुद बिकास समिति कपिलवस्तुका अध्यक्ष छविलाल रेश्मी मगरले जानकारी दिए । कार्यक्रममा प्रथम हुनेले एक लाख एघार हजार एक सय एघार , द्धित्तिय हुनेले पचपन्न हजार पाच सय पचपन्न रुपैया पाउने छन । साथै सो अवसरमा बिविध सास्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ । कार्यक्रममा नेपाल आइडलका सागर आले, चर्चित गायिका मेलिना राई, गायक काली प्रसाद बासकोटा , लोक गायक रामजी खाण, गायिका सम्झना भण्डारी आधुनिक तथा पप गायक सञ्जीव सिहं राना लगायतको प्रस्तुती रहने छ । कार्यक्रम साझ ५ बजे सुरु भई १० बजेसम्म चल्ने आयोजकले जनाएको छ ।