अशोक पौडेल
जितपुर(कपिलवस्तु) ६ बैशाख ।
वाणगंगा नगरपालिकाको आयोजनामा भोली देखि प्रथम मेयर कप फूटबल प्रतियोगिता सुरु हुने भएको छ । नगरपालिकाद्धारा पहिलो पटक आयोजित सो प्रतियोगितामा वाणगंगा नगरपालिका भित्रका ११ वटा वडाका ११ टिमको सहभागिता हुने भएको छ । जितपुर स्थित बुद्ध र रङ्गशालामा भोलि ३ बजेबाट सुरु हुने सो प्रतियोगिताको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । बैशाख १७ गते सम्म सञ्चालन हुने सो प्रतियोगितामा वाणगंगा नगरपालिकाका मेयर मंगल थारु संरक्षक र खेलकुद व्यवस्थापन समिति संयोजकको रुपमा भिष्मराज भुषाल रहेका छन । प्रतियोगितामा प्रथम हुने टिमले नगद ७५ हजार सहित कप ,मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै प्रतियोेगितामा द्धितिय हुने टिमले ५५ हजार सहित कप मेडल र प्रमाणपत्र पाउने छ । सेमिफाइनलमा पुग्ने टिमले नगद १० हजार पुरस्कार पाउने पनि बताइएको छ । प्रतियोगितामा सर्वाधिक गोलकर्ता , उत्कृष्ट गोल रक्षक र अनुशासित टिमलाई समेत पुरस्कारको व्यवस्था गरीएको छ । आज उद्घाटन खेलमा वडा नम्बर २ र वडा नम्बर ८ बिच हुने छ ।