कपिलवस्तु ६ बैशाख
नेपाली कांग्रेसका जिल्ला सभापति तथा पुर्वमन्त्री सुरेन्द्रराज आचार्यले पार्टीको नीति सिद्धान्त बिपरित मनपरीढंगले काम गरेकोले कांग्रेस अहिले निकै कमजोर अवस्थामा पुगेको बताए । नेबिसंघको ४९ औ स्थापना दिवसका अवसरमा संघको कपिलवस्तु जिल्ला कार्य समितिद्धारा आयोजित बर्तमान सयममा बिद्यार्थीहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमममा उनले सो बताउदै तर आत्ति हाल्नु पर्ने अवस्थान नभएको बताए । ‘ कांग्रेस आफनै कारणले कमजोर भएको छ तर आतिनु पर्दैन दुबे जस्तै फेरी पाउनेछ ’ । कांग्रेसको अहिले यस्तो हालत हुनुमा कांग्रेसी नै दोषी भएको र बिशेष गरी केन्द्रिय नेतृतवको अदुरदर्शी नीति कारक भएको उनले बताए । कांग्रेस उत्पादन गर्ने नेबि संघ पनि अहिले सिथिल भएको भन्दै उनले नया उर्जाकासाथ अघि बढन बिद्यार्थी नेतालाई आग्रह गरे । पुर्व पार्टी जिल्ला सभापति राजेश आचार्यले परिवर्तन ल्याउन अग्रण भुमिका खेलेको नेबि संघलाई अब दरिलो बनाउनु पर्ने बताए । ‘ बिद्यार्थीहरुलाई परिचालन गरी ठोस योजनकासाथ अघि बढनु पर्छ ’ उनले भने । सो अवसरमा माहोम्मद जली, माधव पौडेल, प्रकाश घिमिरे सहीत एक दजृन बढीलाई सम्मापिनत गरिएको थियो । संघका जिल्ला सभापति राकेश पाण्डेयको अध्यक्षता, कुमार थापाको संचालनमा भएको कार्यक्रममा पुर्व पार्टी सभापति रमेश शर्मा, बुद्धभुमी नगरपाकिलाका मेयर केशव श्रेष्ठ नेबि संघका सहमहामन्त्री प्रकाश घिमिरे, पार्टी सचिव महेन्द्र पाठक, कोषाध्यक्ष शोहरत तेली, जिल्ला नेताहरु युवराज केसी, बिश्वराज पाण्डेय, तिलक बस्नेत, प्रकाश गैरे, तरुण दलका जिल्ला सभापति शक्ति सिह ठकुरी लगातले मन्तब्य दिएका थिए ।