काठमाण्डौ बैशाख ६, नेपाल प्रहरीका एआईजी लगायत उच्च पदको बढुवा अन्योलमा परेको छ। संघीय प्रहरी ऐनको टुंगो नलाग्दा कति दरबन्दी राख्ने भन्ने अन्योलता छ। सोही कारण तत्काल माथिल्लो तहमा बढुवा हुने सम्भावना छैन।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सई पदबाट बढुवाको तयारी गरेका छन्। लामो समयदेखि सईबाट इन्सपेक्टरको बढुवा हुन सकेको छैन। त्यसकारण उनले बढुवाको जाम खोल्न लागेका हुन्। स्रोतका अनुसार खनालले २०६० सालसम्मका सईलाई मात्र बढुवा गर्ने भएकाले त्यसपछिकाले सोर्सफोर्स नलगाउन निर्देशन दिएका छन्। २०६० भन्दा पहिल सइ भएकाहरु पनि करिब ६० जना छन्। जसमध्ये धेरै जागिर छाडेर पुर्न जागिर जोेडिएका र कारबाहीमा परेकाहरु छन्।
२०६० को करिब एक सय जनाको टोली छ। जून टोलीमा धेरै जसो नेताको पिएसओ भएकाहरु छन्। जसकारण बढुवाका आकांक्षीहरुले खनाललाई दबाब दिन थालिसकेका छन्। केही बदनाम सइहरु केही दलालमार्फत खनाललाई प्रभावमा पार्ने प्रयासमा छन्।
स्रोत दृष्टि न्युज