काठमाण्डौ । मुम्बई इन्डियन्सले इन्डियन प्रीमियर लिग (आईपीएल) को ११ औँ संस्करणमा मंगलवार आफ्नो पहिलो जित दर्ता गराएको छ। प्रतियोगिताको १४ औँ भिडन्तका क्रममा मुम्बईले रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) लाई ४६ रनले पराजित गरेको हो ।
मुम्बई इन्डियन्सले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ गुमाउँदै २१३ रन बनाएको थियो । जवाफमा आरसीबी २० ओभरमा ८ विकेट गुमाउँदै १६७ रनमै समेटियो । मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा प्लेयर अफ द म्याच भए। उनले ९४ रन बनाए। आरसीबीका लागि यस म्याचमा ९२ रनको योगदान दिए । यो खेलबाट आरसीबी कप्तान विराट कोहली आईपीएलमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान बने ।
विराटले आईपीएलमा अब ४६१९ बनाएका छन् । यसभन्दा अघि सुरेश रैनाले ४,५५८ रनसहित सर्वाधिक रनको कीर्तिमान राखेका थिए ।मुम्बई इन्डियन्सले सुरुवाती दुई बलमै दुई विकेट गुमाएर पनि जित दर्ता गराएको हो । उमेश यादवले पहिलो बलमै सूर्य कुमार यादवलाई बोल्ड गरे । अर्को बलमा ईशान किशनलाई पनि बोल्ड गरिदिए । त्यसपछि रोहित शर्मा र इवेन लुइसले मोर्चा सम्हाले । दुवैले तेस्रो विकेटका लागि १०८ रनको साझेदारी गरे । लुईसले २६ बलमा अर्धसतक बनाए । उनी ४२ बलमा ६५ रन बनाएर आउट भए। उनले आफ्नो पारीमा ६ चौका र ५ छक्का लगाए। हिजोको खेलमा दुवै टिमका कप्तान शतक बनाउन चुके । रोहितले ९४ र विराटले ९२ रन बनाउँदै आउट भए ।