काठमाण्डौ । इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तरगत आइतवार भएको पहिले खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई १९ रनले पराजित गरेको हो ।
टस जितेर राजस्थानलाई ब्याटिंगको निम्तो दिएपछि सन्जु साम्सनको उत्कृष्ट पारीको मद्दतमा राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १७ रन बनायो। साम्सन ४५ बलको सामना गर्दै २ चौका र १० छक्काको मद्दतले ९२ रन बनाउँदै नट आउट रहे। ओपनर अजिन्क्या रहानेले ३६ रनको योगदान दिए भने बेन स्टक्सले २७ तथा जोस बटलरले २३ रन बनाए।
जवाफमा बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९८ रन बनायो ।बैंगलोरका लागि कप्तान विराट कोहलीले ३० बलमा ५७ रनको सर्वाधिक पारी खेले । त्यसैगरी मन्दीप सिंहले ४७ रन बनाए ।