जितपुर(कपिलवस्तु) २ बैशाख ।
कपिलवस्तुको बाणगंगा नगरालिका चार नः जितपुरमा रहेको बाणगंगा वेलफेयर सोसाइटीले एक कार्यक्रमको आयोजना गरि नयाँ बर्ष मनाएको छ । चार नः जितपुरमा नव बर्ष २०७५सालको शुभकामना आदान प्रदान कार्यक्रम तथा सास्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । नया बर्षको अवसरमा सोसाइटीले हरेक बर्ष सास्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको अध्यक्ष राज कुमार खाणले बताए । कार्यक्रममा चर्चीत गायक राजन राज सिवाकोटी, लोक दोहोरी गायक लक्ष्मण खडका र लोक दोहोरी गायिका सपना गाहको बेजोड प्रस्तुती रहेको सोसाइटीका निबर्तमान अध्यक्ष पदन सेनले जानकारी दिए । कार्यक्रमम करिव ४ हजार दर्शककोसहभागिता रहेको आयोजकले जनाएको छ ।