images
images

पर्यटकिय स्थल रारामा फ्री वाइफाई सेवा सुरु

मुगु चैत ३०,पर्यटकिय स्थल रारामा चैत्र २९ देखी फ्री वाइफाई सेवा सुरु गरिएको छ । बैशाख १ गते हुने कर्णाली रारा पर्यटन बर्षको उद्घाटन कार्यक्रमलाई लक्षित गरी रारामा वर्ल्डलिंक कम्पनीले फ्रि वाइफाई सेवा संचालनमा ल्याएको छ ।

विषेश गरेर कर्णाली रारा पर्यटन बर्षलाई लक्षित गरी बिहीबार देखि ५० एमबी क्षमता स्पिड भएको वाइफाई सेवा सुरु गरिएको वल्डलिंक कम्पनीका प्राविधिक राजेन्द्र विष्टले जानकारी गराए । अब रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले राराको छेउ छाउबाट सजिलै इन्टरनेट सेवा प्रयोग गरी आफन्तहरु संग कुरा गर्नपाउने उनले बताए ।

फ्री वाइफाई सेवाले बैशाख १ गते रारा कर्णाली पर्यटन बर्षमा आउने पाहुनाका लागि सहज हुने र जिल्लास्थित बिभिन्न सञ्चारकर्मीहरुलाई रिर्पोटिङ्ग गर्न सजिलो हुने भएको छ । दुर्गम जिल्लामा रहेको रारालाई बिश्वभर चिनाउन र यसको प्रचार प्रसार गरी बढी भन्दा बढी पर्यटकहरु भित्र्याउन फ्री इन्टरनेट सेवा सुचारु गरिएको छायानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीको भनाइ छ । यो समचार आजको नयाँपत्रिकाबाट लएको हो । आउने दिनहरुमा रारामा जति सक्दो धेरै संख्यामा पर्यटकहरु भित्र्याउने लक्ष्यका साथ लागिपरेको उनले बताए ।