भारत चैत ३०, सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दोस्रो जित हासिल गरेको छ । बिहीबार भएको रोमाञ्चक खेलमा हैदरावादले मुम्बई इन्डियन्सलाई १ विकेटले पराजित गर्दै दोस्रो जित दर्ता गराएको हो । साविक विजेता मुम्बई भने लगातार दोस्रो खेलमा पराजित भएको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४७ रनको योगफल तयार पारेको थियो। मुम्बईका लागि ओपनिङ ब्याट्सम्याान इभिन लुइसले २९ रनको सर्वाधिक इनिङ खेले।
त्यस्तै सुर्यकुमार यादव र कायरोन पोलार्डले समान २८–२८, कुर्नाल पाण्डेयाले १५ र कप्तान रोहित शर्माले ११ रन जोडे। हैदरावादका सन्दिप शर्मा, बिल्ली स्टेनलेक र सिद्धार्थ कोलले समान २ विकेट तथा रसिद खान र सकिब अल हसनले १–१ विकेट लिए।
जवाफमा १४८ रनको लक्ष्य हैदरावादले अन्तिम ओभरको अन्तिम बलमा ९ विकेट गुमाउदै भेट्टायो। लक्ष्य पूरा गर्यो। हैदराबादका लागि शिखर धवनले ४५, तथा दिपक हुडाले नटआउट ३२, रिद्दिमान शाहले २२ तथा युसुफ पठानले १४ रनको योगदान गरे।
बलिङतर्फ मुम्बईका मयाङ्क मारकन्डेले ४ ओभरमा २३ रन दिएर ४ विकेट लिए। त्यस्तै मुस्ताफिजुर रहमानले ३, जसप्रित बुम्राहले २ विकेट लिए।