images
images

बाल माविको बार्षिक नतिजा प्रकाशन

जितपुर(कपिलवस्तु) २९ चैत्र ।
कपिलवस्तुको बाणगंगा १ बैरीयामा रहेको बाल माध्यमिक विद्यालय बैरियाले एक कार्यक्रमकाबिच विद्यालयको नतिजा प्रकाशन कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष डोलकराम घिमिरेको अध्यक्षता तथा वाणगंगा नगरपालिका वडा नम्बर १ की वडा अध्यक्ष बालकुमारी अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका पूर्व शिक्षक अनन्तराज रेग्मी, विद्यालयका प्रधानाध्यापक अर्जुन शाही, शिव तुलसा स्मृति अक्षय कोष छात्रबृत्तिका दाता धातानन्द भुसाल, जयकला स्मृति अक्षय कोष छात्रबृत्तिका दाता छविलाल गैरे, नेपाल पत्रकार महासंघका सचिव हरि अधिकारी, अभिभावक हिमालय भुसाल लगाएतले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताएका थिए । पछिल्लो समय सामुदायिक विद्यालय तर्फ अभिभावकको आकर्षण घट्दै गएको प्रति अभिभावकले चिन्ता व्यक्त गर्दै शिक्षक र अभिभावकको साझेदारीले बालबालिकाको गुणस्तरीय शिक्षामा तत्काल योजना बनाउनुपर्ने बताएका थिए । विद्यालयले शैक्षिक सत्र २०७४ को विद्यार्थी नतिजा प्रकाशन गर्दै विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा जनप्रतिनिधीलाई सम्मान तथा पुरस्कार वितरण समेत गरेको छ ।