images
images

मिस नेपाल २०१८ को ताज शृङ्खला खतिवडालाई

काठमाण्डौ चैत २९, मिस नेपाल २०१८ को उपाधि शृङ्खला खतिवडाले जितेकी छन् । हिजो राती सम्पन्न ग्राण्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै खतिवडाले उपाधि जितेकी हुन् । २२ वर्षीया शृंखलाले मिस नेपालसहित पपुलर च्वाइस र मिस फ्यासिनोको पनि उपाधि जितिन् । यस्तै, मिस नेपाल यूनिभर्स र मिस ग्ल्यामरको उपाधि गोरखाकी मनिता देवकोटाले जितिन् ।

मिस नेपाल अर्थको ताज जितेकी काठमाडौंकी प्रिया सिग्देलले मिस ब्यूटी विथ परपसको पनि उपाधि हात पारिन् । मिस नेपाल इण्टरनेशनल र मिस ट्यालेन्ट काठमाडौंकै रोनाली अमात्य चुनिइन् । मिस कन्फिडेन्स भक्तपुरकी आस्था शाख भइन् । उनलाई मिस नेपाल २०१७ निकिता चाण्डकले ताज पहिर्‍याइदिएकी थिइन् । शृङ्खला एमाले नेता तथा सांसद बिरोध खतिवडाकी छोरी हुन् ।