images
images

चर्चित डिआईजी रमेश खरेलको राजीनामा स्वीकृत

काठमाण्डौ चैत २८, नेपाल प्रहरीका चर्चित डिआईजी रमेश खरेलको राजीनामा गृह मन्त्रालयले स्वीकृत गरेको छ। प्रहरी महानिरीक्षक बढुवामा असन्तुष्टि जनाउँदै खरेलले राजीनामा दिएका हुन्। राजीनामा बुझाएकै दिन गृह मन्त्रालयले राजीनामा स्वीकृत गरेको हो।

गृहसचिव प्रेमकुमार राईले उनको राजीनामा स्वीकृत गरेको बताएका छन्। मन्त्री परिषदको बैठकले मंगलबार डिआईजी सर्वेन्द्र खनाललाई आइजिपी बनाएपछि डिआइजी खरेलले राजीनामा दिएका हुन्। सरकारले आफूलाई उचित मूल्याङ्कन गर्न नसकेको र हिनाताबोधका साथ जागिर खान नसक्ने भएका कारण आफुले राजीनामा दिएको उनले बताए।