रुपन्देही – प्रदेश ५ सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम सोमबार पारित भएको छ। प्रदेश प्रमुख उमाकान्त झाले प्रस्तुत गरेको तथा मुख्यमन्त्री शंकर पोखरेलले टेवल गरेको ७५ बुँदे नीति तथा कार्यक्रम पारित भएको हो ।
सोमबार बसेको बैठकमा सोहि विषयमा लगातार ४ घण्टा छलफल भएपछी नीति कार्यक्रम सर्वसम्मतीले पारित भएको हो। नीति तथा कार्यक्रममाथि प्रदेशसभा बैठकमा ३२ जना प्रदेश सांसदले विभिन्न सुझाव दिएका थिए।
मुख्यमन्त्री पोखरेलले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयन हुने बताउँदै सबैलाई सहयोग गर्न आग्रह गरेका छन्। मुख्यमन्त्री पोखरेलले मुलुक निर्माणको अहिलेको परिस्थितिमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नहुन पनि दलहरुलाई आग्रह गरे यो समचार आजको नेपाल लाईफबाट लिएको हो ।
त्यस्तै बैठकले कांग्रेस नेता तथा पुर्व गृहमन्त्री खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । प्रदेशसभाको अर्को बैठक चैत्र २९ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।