भक्तपुर चैत २७, भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बिस्केट जात्रामा अमर्यादित कार्य गर्ने जो कोहीलाई पनि प्रशासनले कारवाही गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । जात्राको एकदिन अघि सोमवार न्यातपोल मन्दिर परिसरमा आयोजित शान्तिका लागि प्रतिवद्धता व्यक्त गर्न आयोजित सभालाई सम्वोधन गर्नुहुँदै प्रजिअ पोखरेलले यस्तो कुरा बताउनुभएको हो ।
उहाँले बिस्केट जात्रा विश्व प्रसिद्ध जात्रा भएकाले पनि जात्रामा मर्यादा कायम हुनुपर्छ भन्नुभयो । भक्तपुर महानगरपालिकाका मेयर सुनिल प्रजापतिले जात्रा शान्तिमय हुने आशा व्यक्त गर्दै यसका लागि जनस्तरबाट पहल र प्रतिवद्धता प्रकट भएको छ भन्नुभयो ।
सभामा गुठी संस्थानका शाखा प्रमुख हरिप्रसाद सुवेदीले जात्रा निर्धारित समयमा नै सुरु हुन्छ भन्नुभएको छ । चैत २७ गते मङ्गलवार दिउँसो २ः०० बजे तौमढीबाट पूर्वतर्फ साकोठा र पश्चिम बुलुचातर्फ प्रतिस्पर्धाका साथ रथ तानिँदै छ, जात्रा साँझ ५ः०० बजेसम्म सक्याउनुपर्ने गरी तोकिएको छ । जात्रामा अशान्ति ढुङ्गा हानाहान झडप वा झैझगडा नहोस् भन्ने कामनाका साथ यहाँ शान्ति र्याली समेत आयोजना गरिएको छ ।
¥यालीमा स्कुल कलेजका विद्यार्थी, स्काउट, रेडक्रस, फुटपाथे व्यापारी, गुठियार, रकमी, पुजारी, दाफ भजन टोली, प्रसिद्ध महाकाली नाच टोली सहभागी भएका थिए । प्रहरी एसपी किरण राणाका अनुसार निर्वाचित जनप्रतिनिधिबाट शान्तिपूर्ण जात्राको पहल भएको छ । सर्वसाधारणको सुरक्षामा प्रहरी संवेदनशील छ । महाकाली नाचका मूलनाइके तुल्सीनारायण दण्डेख्याका अनुसार प्रतिवद्धता व्यक्त सभा र शान्ति र¥ याली समापन लगत्तै तौमढीमा उल्लास उमङ्ग छाएको छ ।
यसैबीच सूर्य विनायक नगरपालिका वडा नं. ४ चर्खण्डीमा पनि नयाँ वर्षका दिन बिस्केट जात्रा मनाइँदैछ ।
यहाँ भक्तपुरको यासिङ्खेलमा जसरी लिङ्गो नठड्याई गणेशसहितका विभिन्न देवताको खटलाई परिक्रमा गराई बिस्केट जात्रा मनाइन्छ । वडाध्यक्ष उत्तम थापाका अनुसार पुराणमा वर्णित उत्तरवाहिनी भनिने स्थान यहाँ रहेकाले यहाँको यो बिस्केट जात्रा पौराणिकालीन हो । यहाँ सिरुटारलगायतका सात गाउँका नेवार समुदायको भेला गराई जात्रा मनाउने गरिन्छ । वडाध्यक्ष थापाका अनुसार जात्राका लागि यहाँ रङ्गरोगन तथा सरसफाइ सुरु गरिएको छ । नेपाल रेडक्रस, नेपाल स्काउट विभिन्न स्थानीय सामाजिक सङ्घ सथा तथा क्लव, वाचनालय तथा गुठियार, पुजारीको बाक्लो सहभागिता रहने चर्खण्डीको बिस्केट जात्रालाई सूर्य विनायक नगरपालिकाबाट हातेमालो गरिएको छ, यो जात्रा बैशाख २ गते सम्पन्न हुन्छ ।