काठमाण्डौ चैत २६,काभ्रे काग्रेसका प्रदेशसभा उम्मेदवार तथा गुण्डा नाईके गणेश लामा गत फागुन ३० गते गौशालास्थित होटल पशुपति भिजन होटलबाट पेस्तोलसहित पक्राउ परेका थिए ।
पक्राउ परेका लामा बिरुद्ध काठमाण्डौ प्रहरी परिसरले हातहतियार खरखजना मुद्धा दर्ता गरी अनुसन्धान अगाडी बढाएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि लामालाई डिल्ली बजार कारागार चलान गरिएइको छ ।