काठमाण्डौ चैत २५, सलमानको जेल काण्ड सेलाउन नपाउदै सलमान नेपाल आउने पक्का भएको छ । जेलबाट छुटेको केही घण्टामा नै नेपालको आयोजक संस्था ओडिसीलाई एक पत्र मार्फत दबंग टुरको भारतस्थित अफिसियल इभेन्ट म्यानेजमेन्ट कम्पनी जेए इभेन्ट्सले सलमानको नेपाल कन्सर्टको मिति सार्वजनिक गरेको छ ।
पत्रमा उनको नेपाल कन्सर्ट वर्ष २०७५ को शनिवार जेठ १२ गते उल्लेख छ । उक्त पत्र ओडिसीले आफ्नो आधिकारिक फेसबुक पेजमा पनि राखेको छ । अदालतले सलमानलाई सजाए सुनाए पछि नेपाल टुर हुन्छ या हुदैन भन्ने कुरामा अड्किएको थियो । उनी रिहा हुने लगतै अब नेपालको आयोजक संस्थाले टिकट विक्रि फेरि सुरु गरेको छ । यो समचार हामीले डिसी नेपालबाट लिएका हौ ।
सलमानलाई नेपाल नलेर आउनकालागी यस अघिनै बिप्लबले चेताबनी दिएको थियो । कार्यक्रममा सलमानसँगै नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावलको प्रस्तुति रहने छ । तर अदालतले भने सलमानलाई अनुमति बिना बिदेश जानभने दिएको छैन् ।