images
images

बार्सिलोनाद्धारा लेगानेसलाई ३-१ गोल अन्तरले हरायो,मेस्सीको ह्याट्रिक

बार्सिलोना (एजेन्सी) – ला लिगा अन्तर्गत घरेलु मैदानको खेलमा बार्सिलोनाले लेगानेसलाई ३-१ ले पराजित गरेको छ। बार्सिलोनाका लागि सबै गोल अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले गरे। बार्सिलोनाको प्रशिक्षकको रुपमा अर्नेस्टे भाल्भर्देको यो ५० औं खेल थियो । 
मेस्सीको २७ औं मिनेटको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो भने ३२ मिनेटमा फिलिप कौटिन्होसँगको राम्रो तालमेलका कारण मेस्सीले बार्सिलोनालाई दोस्रो गोल दिलाएका थिए । यो समचार आजको हाम्रो खेलकुदबाट लिएका हौ ।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको भ्रमणकारी टोली लेगानेसका लागि ६८ औं मिनेटमा नबिल अल झारले गोल गरेपनि मेस्सीले फ्रि किक मार्फत ८७ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको ३ अंक सुनिश्चित गरे । ला-लिगामा ३१ खेल खेलेको बार्सिलोना यो सिजन अपराजित छ। २४ जित र ७ बराबरीसँगै बार्सिलोनाको शिर्षस्थानमा ७९ अंक छ।