images
images

प्रदेश ५ मा कार्यरत उपसचिव आचार्य झुन्डिएको अवस्थामा मृत फेला

बुटवल चैत २१, रुपन्देहीमा एक उपसचिव झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रदेश ५ को उद्योग, पर्यटन तथा वन मन्त्रालयमा कार्यरत उपसचिव विष्णुहरि आचार्य हिजो आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

चितवन घर भएका ४७ वर्षीय अर्यालको कोठाबाट सुसाइड नोट प्रहरीले फेला पारेको छ । फेला परेको सुसाइड नोटमा आफू रोगी भएकाले बाँच्न मन नभएका कारणले आत्महत्या गरेको उल्लेख गरिएको रूपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले जानकारी दिए । घटनाको खबर पाएलगत्तै घटनास्थल पुगको प्रहरीको टोलीले मृतक आचार्यलाई पोष्टमार्टमका लागि राति नै भैरहवास्थित भीम अस्पतालमा लगेको थियो । आचार्यको पोष्टमार्टम शुरु भएको छ ।