images
images

रोनाल्डो चम्किदा रियलको सहज जित

काठमाण्डौ चैत २१,युरोपियन च्यापियन्स लिग फुटबलमा रियल मड्रिडले  युभेन्टसलाई उसकै मैदानमा ३–० ले पराजित गरेको छ। रियल मड्रिडको जितमा क्रिटियानो रोनाल्डोले दुई गोल र मार्सेलोले एक गोल गरे। खेलको तेस्रो मिनेटमै रोनाल्डोले गोल गरी टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफ १–० मा टुंगिएकोमा ६४औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरी अग्रता दोब्बर बनाए। डिफेन्डर मार्सेलोले ७२औं मिनेटमा गोल गरेका थिए। ६६औं मिनेटमा युभेन्टसका पाउलो डिबाला दोहोरो पहेँलो कार्ड खाँदै मैदान छोड्न बाध्य भएपछि युभेन्टस १० खेलाडीमा सीमित भएको थियो। अर्को लेग अब ११ अप्रिलमा रियल मड्रिडको घरेलु मैदानमा हुनेछ।

च्याम्पियन लिगकै मंगलबारको अर्काे खेलमा जर्मन क्लब वार्यन म्युनिखले स्पेनिस क्लब सेभिल्लालाई २–१ ले पराजित गर्‍यो। च्याम्पियन लिगमा बुधबार राति  बार्सिलोनाले इटालियन क्लब रोमाको सामना गर्दैछ। त्यस्तै, अर्को खेलमा म्यानचेस्टर सिटी र लिभरपुल आमने सामने हुँदैछन्।