images
images

डीपीएल क्रिकेटः टीम चौराह धनगढीको दोस्रो जित

धनगढी चैत २०, घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को  लिग चरण अन्तर्गत मंगलबार भएको खेलमा महेन्द्रनगर युनाइटेडलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै टिम चौराहा धनगढीले दोस्रो जित निकालेको छ । खेलमा चौराहाका लागि ४ विकेट लिएका ललितसिंह भण्डारी खेलको म्यान अफ दि म्याच घोषित  हुँदै नगद रु १० हजार प्राप्त गरे ।

पहिलो खेलमा काठमाडौं गोल्डेन्ससँग ७ विकेटले पराजित भएको चौराहा त्यसपछिको दुवै खेलमा सफल भएको छ । चौराहाले सोमबार सिवाइसी अत्तरियामाथि ३ विकेटको जित निकालेको थियो । महेन्द्रनगरको भने लिगमा यो पहिलो हार हो । महेन्द्रनगरले विराटनगरमाथि ३३ रनको जित निकालेको थियो । महेन्द्रनगर युनाइटेडले दिएको १ सय ३२ रनको लक्ष्य टिम चौराहा धनगढीले १८ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

राम्रो शुरुवात गरेको चौराहाले पहिलो विकेटको रुपमा अस्फाक अहमदलाई ३० रनमा गुमाएको थियो । अहमद पुनित मेहराको बलमा कट एण्ड बोल्ड हुन पुगेका थिए । सुनिल धमला र अस्फाक अहमदले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गरेका थिए । त्यसपछि क्रिजमा आएका रोहन मुस्ताफाले सुनिलसँग दोस्रो विकेटको लागि ६७ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याएका थिए । यो समचार हाम्रोखेलकुदबाट लिएका हौ।

सुनिल धमला ४६ रनमा तथा सोनु तामाङ १५ रनमा नटआउट रहे । ४७ बल खेलेका सुनिलले २ छक्का र ३ चौका प्रहार गरे । यस्तै ७ बल खेलेका सोनुले १ छक्का र १ चौका प्रहार गरे । रोहन मुस्ताफा ३९ रनमा आउट भए । ३० बल खेलेका मुस्ताफाले ३ छक्का र १ चौका प्रहार गरेका थिए । महेन्द्रनगरका अविनाश कर्ण र पुनित मेहराले समान १ विकेट लिए ।

यसअघि अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा मंगलबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको महेन्द्रनगर युनाइटेडले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रनको मध्यम योगफल तयार पारेको थियो । खराव शुरुवात गरेको महेन्द्रनगरका लागि मध्यक्रमका ब्याट्सम्यानले टिमको इनिङ्स उकासेका थिए । पुनित मेहरा ४० रनमा आउट भए । २२ बल खेलेका पुनितले ४ चौका र दुई छक्का प्रहार गरेका थिए । भुवन कार्की ३२ रनमा आउट रहँदा पुनित विष्टले २४ रन बनाए ।

ओपनर विनोद भण्डारी ११ रनमा आउट हुदा अर्काे ओपनर आसिफ शेख ८ रनमा ललितसिंह भण्डारीको बलमा बोल्ड आउट भए । रोहित कुमार पौडेल ३ रनमा आउट हुदा हरिशंकर शाह र आरिफ शेखले खाता नै खोल्न सकेनन् । धनगढीका ललितसिंह भण्डारीले ४ विकेट लिए । कप्तान सोमपाल कामी र सामसद शेखले समान १ विकेट हात पारे ।