images
images

पर्यटन पत्रकार संघको अध्यक्षमा चापागाई र सचिवमा पौडेल चयन

जितपुर(कपिलवस्तु) १७ चैत ।
कपिलवस्तु जिलका क्रियाशिल सञ्चारकर्मीको भेलाले पर्यटन पत्रकार संघ कपिलवस्तुको तदर्थ समिती गठन गरेको छ । सञ्चारकर्मी खग प्रसाद चापागाईको अध्यक्षतामा ९ सदस्यिय जिल्ला समिती गठन गरिएको हो । समितीको उपाध्यक्षमा सबिना पौडेल, सचिवमा अशोक पौडेल, सहसचिवमा बासुदेव वर्मा, कोषाध्यक्षमा नारद कोहार, सहकोषाध्यक्षमा सेरिफ केसी र सदस्यहरुमा गोपाल भण्डारी, किरणमान बज्राचार्य, रमेश मिश्रा, सनिउल्लाह धोबी र कृष्ण थापा निर्विरोध चयन भएका हुन ।

समितीले संघको बिधान दर्ताको जिम्मेबारी अध्यक्ष खग प्रसाद चापागाई, उपाध्यक्ष सबिना पौडेल र सदस्य गोपाल भण्डारीलाई दिएको छ । त्यसै गरि संघको सल्लाहकारमा जिल्ला समन्वय समिती उपप्रमुख तारा चौधरी, कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंह र लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवालीलाई चयन गरिएको छ । त्यसै गरि केन्द्रिय समन्वयको जिम्मा सभापति चापागाई, सचिव अशोक पौडेल र सदस्य गोपाल भण्डारीलाई दिईएको छ । कार्यक्रममा बोल्दै लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवालीले जिल्लाको पर्यटन प्रबद्र्धन र बिकासका लागी पर्यटन पत्रकार संघले अगुवाई गर्नुं पर्ने बताए । रिपोर्टस क्लबका जिल्ला अध्यक्ष गोपाल भण्डारीको अध्यक्षता र लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवालीको प्रमुख आथित्यताका समिती गठन गरिएको हो